काठमाडौँ : प्रतिनिधि सभाको आगामी बैठक माघ ५ गते बिहीबार बस्ने भएको छ । माघ ५ गतेनै नयाँ सभामुखका लागि निर्वाचन पनि हुने भएको छ ।
संसद सचिवालयले जनाएअनुसार अबको प्रतिनिधि सभाको बैठक आउँदो माघ ५ गते बिहीबार बिहान ११ बजे बस्ने भएको हो ।
त्यस्तै सभामुखको निर्वाचनको कार्यतालिका माघ ३ गते मंगलबार प्रकाशित गरिने कार्यक्रम रहेको छ ।