काठमाडौं, २३ पौष : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केहि भू९भागहरूमा शितलहर चलिरहेको छ।
महाशाखाले जनाएअनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भूभागहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ।
त्यस्तै तराईका धेरै भू९भागहरूमा बाक्लो हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।