Admission Open

ad place

मौसम पूवानुमान : तराईमा शीतलहरको अवस्था केही दिन कायमै रहने, पहाडी भूभागमा आंशिक बदली हुने

काठमाडौं, २२ पौष : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको छ । त्यस्तै सिमराभन्दा पूर्वको तराईमा पनि न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ ।

त्यसैगरी शीतलहरको अवस्था केही दिन कायमै रहने महाशाखाले जनाएको छ । पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु(कुहिरो लाग्दै आएको छ । आज बिहान पनि तराईमा बाक्लो हुस्सु लागेको छ भने दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन महाशाखाले गरेको छ । पश्चिम र मध्यतराईका धेरै स्थानमा हुस्सु(कुहिरो लाग्ने सम्भावना छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...