Admission Open

ad place

साताको अन्तिम कारोबार दिन शेयरबजार उकालो, नेप्सेमा १८.०९ अंकको बृद्धि ५ अर्बमाथि कारोबार

काठमाडौं, २१ पौष  : लगातार बढिरहेको नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहीबार पनि बढेको छ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक १८ दशमलब ०९ अंकले बढेको हो । बुधबार ६४.७८ अंकले बढेको नेप्से परिसूचक बिहीबार १८ दशमलब .०९ अंकले बढेको छ ।

कारोबार रकम पनि बढेर ५ अर्बमाथि पुगेको छ । नयाँ सरकार बनेसँगै शेयरबजार पनि लगातार उकालो लागेको छ । साताको ५ कारोबार दिनमध्ये चार दिन नेप्सेमा वृद्धि हुँदा गत मंगलबार एकल अंकको समान्य गिरावट भएको थियो ।

कारोबारको आधारमा आज कुल १४७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो भने ४ को स्थिर रहयो ।कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, रिडी पावर, हिमाल दोलखा हाइड्रो, एनआईसी एसिया बैंक र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।

चन्द्रागिरि हिल्स, बुद्धभूमि हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त, बाराही हाइड्रोपावर, हिमालयन ऊर्जा विकास, इस्टर्न हाइड्रो र हिमालयन हाइड्रोपावरको मूल्य ९.८ देखि १० प्रतिशतसम्म बढ्यो ।

उपसमूहगत रुपमा हेर्दा बैंकिङ ४ र अन्य उपसमूह १३ अंक घटे । अरु सबै बढेका छन् ।  विकास बैंक ३, फाइनान्स ५०, होटल तथा पर्यटन १७८, जलविद्युत् ४१, लगानी २, जीवन बीमा १३४, उत्पादन १६४, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा १३०, र ब्यापार उपसमूह ५१ अंक बढे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...