Admission Open

ad place

मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ, २१ पौष : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा  हुस्सु लागि रहेको छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १ को हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने छ । शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...