Admission Open

ad place

स्वतन्त्र सांसद प्रभु साहले गरे आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा

प्रभु साहले बनाए नयाँ पार्टी, ५१ सदस्यीय तदर्थ  कमिटी गठन

काठमाडौं : स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा आज ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।

बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ कमिटी गठन गरेको हो । बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ ।

नेकपा खारेजपछि एमालेमै बसेका साह ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उठेका थिए । उनी रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

टिप्पणिहरु
Loading...