Admission Open

ad place

पर्यटकको रोजाईमा होटल पोखरा ग्राण्डी

पोखरा : पर्यटकीय नगरी पोखरामा रहेको एकमात्र पाँचतारे ‘होटल पोखरा ग्राण्डी’ यहाँको आतिथ्य सत्कारको एउटा विशिष्ट पहिचान बोकेको होटल हो । करिब ४५ रोपनी क्षेत्रफमा होटल र यसको संरचना फैलिएको छ । होटलमा आधुनिक र अत्याधुनिक सेवा सुविधासहितका १४० रुम छन् ।
जसमा ९८ डिलक्स, २ डिलक्स स्वीट, ३८ प्रिमियम र २ प्रिमियम स्विट रुम छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको यस होटल पाहुनाको अत्याधिक रोजाईमा पर्ने जनरल म्यानेजर पञ्चम लामाले बताए । होटलमा १४५ जना स्टाफ कार्यरत छन् ।

पोखरा नगरीमा हुने कार्यक्रम र भेला बैठकका लागि आवश्यक मिटिङ, कन्फरेन्स इभेन्टका लागि पहिलो रोजाईमा पर्न सफल यस होटलमा ५ वटा हल र पर्याप्त पार्किङको व्यवस्था छ । रेसिडेन्सियल वेडिङ् (आवासीय शुभ विवाह कार्य) का लागि स्वदेश तथा विदेशबाट पाहुना आउने गरेको लामाले जानकारी दिए । ‘स्वदेशी र विदेशी पाहुनासँगै खासगरी भारतीय पाहुनाको उपस्थिति पनि यहाँ राम्रो छ, अन्य देशका पाहुना पनि आउँछन,’ उनले भने ।

यसैबीच, अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी होटलले प्याकेज पनि सार्वजनिक गरेको छ । नोपली पर्यटकलाई लक्षित गरी सार्वजनिक गरिएको प्याकेज अन्तर्गत डबल ९कपल० रुमको २ रात ३ दिनको २४ हजार, सिंगल रुपमको १८ हजार रुपैयाँ शुल्क लाग्नेछ । प्याकेजमा ब्रेकफास्ट र गाला डिनर समावेश गरिएको छ । आउनासाथ पाहुनालाई पेय पदार्थसहित स्वागत गरिनेछ ।

बफेट ब्रेकफास्ट, न्यू इयर इभमा गाला डिनर, एअरपोर्टसम्म आउन जान सवारी सुविधा छ । पौडीपोखरी र जिमको सेवा उक्त प्याकेजमा समावेश छ । लाउण्ड्री, रुम सर्भिस, स्पा, खाना र पेयपदार्थमा २० प्रतिशत छुट दिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...