काठमाडौं : मोफसलकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको टिकट माइपे डिजिटल वालेटबाट अनलाइन किन्न सकिने भएको छ ।
डिजिटल वालेटबाट टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाइने माइपेले जनाएको छ । २२ औं संस्करणको यस प्रतियोगिता पौष १४ गतेदेखि २४ गतेसम्म संचालन हुँदैछ ।पोखरा रंगशालामा आयोजना हुन लागिरहेको यस प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् ।
पर्यटकीय नगरि पोखारालाई डिजिटल नगरी बनाउने उद्देश्य अनुरुप चर्चित फुटबल प्रतियोगिताको टिकटलाई डिजिटल बनाएर कार्य शुभारम्भ गरेको माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै माइपे एप डाउनलोड गरी, एप भित्रैबाट टिकट काट्न सकिने माईपेले जानकारी दिएको छ । माइपेका अनुसार डिजिटल माध्यमबाट टिकट काट्ने मध्ये हरेक दिन २ जनालाई १०० प्रतिशत क्यासब्याक र सेमिफाइनलको टिकट काट्ने २ जनालाई फाइनलको टिकट निःशुल्क वितरण गरिने छ ।