काठमाडौं : प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरुले वृद्धि भएको तलब नलिने भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले बढेको तलब नलिने निर्णय गरेका हुन् ।
आर्थिक वर्ष ०७९-८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ ।
कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ । तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।