Admission Open

ad place

लोक-दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने : प्रथम हुनेले १५ लाख र कार पाउने

[ निर्णायकमा पूरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा ]


काठमाडौँ : लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्। दोहोरी आइडलको छायाँकन माघबाट सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए।

टिप्पणिहरु
Loading...