काठमाडौँ, २९ मङ्सिर : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो बागमती प्रदेश, मधेश र प्रदेश १ मा आंशिक बदलीको सम्भावना रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने देखिएको महाशाखाले जनाएको छ ।