Admission Open

ad place

क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

अर्जेन्टिना विश्वकपको फाइनलमा

काठमाडौँ, २८ मङ्सिर : अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
छैटौं पटक फाइनलमा पुगेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जित्न सफल भएको थियो । त्यस्तै अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो ।

गएरातिको खेलमा जुलियन अल्भारेजले दुई र कप्तान लियोनल मेस्सीले एक गोल गरेसँगै अर्जेन्टिना क्रोएसियालाई ३(० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो ।
अबको दास्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को वीच हुने विजेतासँग फाइनल खेल हुनेछ ।

टिप्पणिहरु
Loading...