Admission Open

ad place

आजको मौसम पूर्वानुमान : पहाडमा बदली, तराईमा हुस्सु

काठमाडौँ, २८ मङ्सिर : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ लगायतका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही क्षेत्रमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । बिहीबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन महाशाखाको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...