Admission Open

ad place

आजको मौसम पूर्वानुमान : लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना, बाँकी सामान्यतया सफा रहने

काठमाडौँ, २५ मङ्सिर : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।

मौसम जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश १, मधेश, गण्डकी र बागमतीमा आंशिक बदलीको आकलन गरिएको पनि महाशाखाले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...