Admission Open

ad place

सेयर बजार निरन्तर ओरालो : नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा

काठमाडौं : सेयर बजार परिसूचनक (नेप्से) आज तेस्रो दिन पनि ओरालो लागेको छ । आज नेप्से १६ दशमलव ६१ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेको छ ।

आज बजार घटे पनि कारोबार रकम भने बढेको छ। आज दुई सय ४६ वटा कम्पनीका ८० लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ४६ लाखको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर सेयर ६७ करोड र शिवम् सिमेन्टको सेयर १३ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ।

आज ७ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ, भने ८ को स्थिर रहेको छ । आज बैंकिङ १७, विकास बैंक ३०, फाइनान्स १९, जलविद्युत् १२, जीवन बीमा ८३, उत्पादन ५५, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३६, अन्य १० र ब्यापार उपसमूह १८ अंकले घटेका छन्।

बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये जम्मा एक उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। कारोबारमा खप्तड लघुवित्त वित्तिय संस्था ६.०९ प्रतिशत र कुमारी धानवृद्धि योजना ५.१५ प्रतिशतले बढेको छ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...