
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
८ बैशाख २०८२, सोमबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौं : दोलखाको प्रतिनिधिसभाको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा एमालेका बालकृष्ण शिवाकोटीले झिनो मतले अग्रता लिएका छन् ।
सोमबार बिहानसम्म माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिइरहेका भए पनि बिगु गाउँपालिका ओराङको मत गनिसक्दा शिवाकोटीले अग्रता लिएका छन् ।
एमालेका शिवाकोटीले ३३९३९ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कार्कीले ३३९०९ मतका साथ उनलाई पछ्याइरहेका छन् । मतान्तर जम्मा ३० मात्र छ । अब ४ वटा वडा मात्र मत गन्न बाँकी छ । बिगुको लामाबगर, शैलुङको दुधपोखरी र भूसाफेदा, मेलुङको पवटी बुथको मतगणना बाँकी छ ।