काठमाडौँ: पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् । यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन् । १ लाख २, हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना भइसकेको छ ।