काठमाडौं : दसैं, तिहार, छठ पछि सेयर बजार परिसूचक (नेप्से) मा हरियाली छाएको छ । सोमवार १६ अंकले बढेको नेप्से मंगलवार उच्च अंकले बढेको छ। मंगलबार नेप्से ५६ दशमलव ११ अंकले बढेर एक हजार नौ सय ३० दशमलव ९९ बिन्दुमा पुगेको छ ।
बजारसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब २९ करोडको कारोबार भएको छ। आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज सबै समूहको सेयर बढेर बजार हरियाली भएकोमा जलविद्युत्, विकास बैंक, लघुवित्त र उत्पादन समूहको सेयर उच्च अंकले बढेको छ।