Admission Open

ad place

कतार विश्वकप सुरक्षामा टर्कीले आफनो प्रहरी पठाउने

काठमाडौं : आगामी मंसिर ४ गतेबाट कतारमा शुरु हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ।

टर्कीको संसदले सोसम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा जिम्मा टर्कीले पनि पाउन लागेको हो। टर्कीले आफ्नो प्रहरी कतार पठाउने विषयमा संसदमा शनिवार प्रस्ताव ल्याएको र सोसम्बन्धी प्रस्ताव बुधवार पारित भएलगत्तै टर्की प्रहरीलाई कतार विश्वकपमा सुरक्षा गर्ने कानुनी वाटो खुलेको हो ।

कतारले टर्कीसँग सुरक्षा सहयोगका लागि अनुरोध गरेको थियो र सो लगत्तै कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले प्रहरी पठाउने कानुन पारित भएको जानकारी दिएको छ ।

उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि प्रहरी पठाउने छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही पनि बताइएको छैन। कानुन पारित भएलगत्तै कतार विश्वकपको जिम्मेवारी लिनका लागि टर्की प्रहरीले तयारी सुरु गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...