एक १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका–९ घर भएका ५० वर्षीय सन्तवीर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।