काठमाडौँ, ११ असोज : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।
आज प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित बाँकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार राति प्रदेश १, मधेश र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षा हुने सम्भावना छ ।
बुधबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।