काठमाडौँ, ६ असोज : नेपाल प्रहरीका पूर्व महानिरीक्ष (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका वीच उनलाई पार्टीमा प्रवेश गराएका हुन्।
खनालमाथि तत्कालीन जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरण गरेको आरोप लागेको थियो। उनले एमाले नेता तथा सांसद महेश बस्नेतसँग सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप लागेको थियो।
खनाल पार्टी प्रवेश गर्ने उक्त कार्यक्रममा नेकपा एमालेका केही वरिष्ठ नेलत लगायत अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो ।