काठमाडौं : पिपुल्स पावर लिमिटेडले खुलाएको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । साउन ३१ गतेदेखि सर्वसाधारणका लागि खुलेको पिपुल्सको साधारण शेयरमा आइपिओ भर्ने आज अन्तिम दिन हो ।
आज बैंकिङ समयसम्म आवेदकहरुले सेयरमा आवेदनदिन को लागि मेरो सेयर मार्फत अथवा सिआश्वा सदस्य बैक तथा वित्तीय संस्थामा स्वंम उपस्थित भई आवेदन दिन सकिनेछ ।
स्थानियबासी, कर्मचारी र सामुहिक लगानी कोषका योजनाहरुलाई छुटयाईएको सम्पूर्ण सेयरको बाँडफाँड भएपश्चात सर्वसाधारणमा जारी भएको २२ लाख ९४ हजार ६८२ कित्ता साधारण सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
पिपुल्स पावर लिमिटेडले ईलाम जिल्लाको ईलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भईसकेको तथा कम्पनीले विद्युतको व्यापारीक उत्पादन गर्ने मिति २०७९ साल भदौ मसान्त रहेको छ । यस कम्पनीेको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।