Admission Open

ad place

कुमारी बैंकका सम्पूर्ण खातामा अब सी-आस्बा आवेदन शुल्क नलाग्ने

काठमाडौं : कुमारी बैंक लिमिटेडले सम्पूर्ण खातामा सी-आस्बा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

बैंकले भदौ १ गतेदेखि कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायत पुँजीबजारका अन्य उपकरणहरुमा आवदेन दिँदा कुनै शुल्क नलाग्ने जनाएको  छ ।

ग्राहकहरुको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंक लिमिटेडले सो छुट ल्याएको हो । यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थीलगायत कुमारी बैंकका सम्पूर्ण खाताधारकहरुलाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ ।

कुमारी बैंकले देशभर १९७ शाखा-संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ इकाई तथा २४ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...