काठमाडौंः साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक (नेप्से) १० अंक बढेको छ । नेप्से परिसूचक १०.२७ बिन्दुले बढेर २१२३.८२ को बिन्दुमा बजार बन्द भएको छ।
दिनभरजसो घटबढ भइरहेको नेप्से बन्द हुने बेलामा भने १० दशमलव २७ अंकले बढेर २ हजार १ सय २३ दशमलव ८२ विन्दुमा पुगेको छ ।
आज नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ। आज दुई सय १९ वटा कम्पनीको ६१ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ ।