काठमाडौं : प्रभु बैंक लिमिटेडका कर्मचरीद्वारा गरिएको विशेष मेहेन्दी कार्यक्रम आयोजना सम्पन्न भएको छ ।
बैकले श्रावण महिनामा हरियो चुरा, मेहेन्दी, नङ पोलिस लगायतका सामाग्रीसहित मेहेन्दी कार्यक्रमको शुक्रबार आयोजना गरिएको हो ।कार्यक्रममा उल्लेख्य मात्रामा महिला कर्मचारीको उपस्थिति रहेको थियो ।
सबै देवीदेवतालाई मन पर्ने महिनाका रूपमा साउन महिनालाई लिने भएर महिलाहरुले साउन महिनाभरि हातमा हरियो चुरा र मेहेन्दी लगाउने परम्परा चलि आएको छ ।
