
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१३ फाल्गुन २०८१, मंगलवार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
महोत्तरी : महोत्तरीबाट मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय वर्दिवासको टोलीले उक्त समूहलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बर्दिबासमा बस्ने एकैघरका दाजुभाइ राम एकवाल यादव र रामलक्ष्मण यादव, भंगाहा नगरपालिका घर भएका सुनिल कुमार राम रहेको प्रहरीले जनाएको छ ।
गत साउन १५ गते राती वडा न.१४ स्थित सेन्चुरी बैंकको अगाडि पार्किङ्ग गरेर राखेको ज ७ प ४५८६ नम्बरको मोटरसाइकल चोरीभएसँगै इलाका प्रहरी कार्यालय गौरिडाँडाको टोली तिव्र खोजतलासमा लागेको थियो ।
अनुसन्धानको क्रममा बर्दिबास-७ बस्ने राम एकवालको घरबाट उक्त नम्बर प्लेटको मोटरसाइकल फेला परेपछि संगठित मोटरसाइकल चोरी गर्नेको रहस्य खुलेको हो ।