Admission Open

ad place

सेयर बजार तीनदिन लगातार हरियो : नेप्से ४.८९ अंकले बढ्दा १ अर्ब ७३ करोडको कारोबार

काठमाडौं : साताको चौंथो दिन बुधबार सेयर बजार परिसुचक (नेप्से) मा सामान्य सुधार भएको छ । हिजो १६.२० अंकले बढेको नेप्से आज ४ दशमलव ८९ अंकले बढेर दुई हजार ५० दशमलव ५९ विन्दुमा पुगेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज २१५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ७३ करोड, ११ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज ८६ कम्पनीहरूको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । आज सबैभन्दा बढी कमाउने कम्पनीहरूमा मल्टिप्रपोज फाइनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, नेपाल इन्स्योरेन्स, गुराँस फाइनान्सलगायत छन् ।

त्यस्तै बढी गुमाउने कम्पनीहरूमा लक्ष्मी इक्विटी फण्ड, इमर्जिङ नेपाल, सांग्रिला डेभेलपमेन्ट बैंक डिबेन्चरलगायत छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...