Admission Open

ad place

सेयर बजारमा हरियाली : नेप्से ५९.५४ अंकले बढ्दा २ अर्ब ४ करोडको कारोबार

काठमाडौं : मंगलबार साढे ११ अंकले बढेको सेयर बजारमा कारोबारको चौथो दिन आज पनि बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ । सबै समूहको सेयर बढेर आज बजार हरियो देखिएको छ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । आज २ सय २५ वटा कम्पनीका ५७ लाख ८७ हजार कित्ता सेयर २ अर्ब ४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज बैंकिङ २४, विकास बैंक २०३, फाइनान्स १०२, होटल तथा पर्यटन ९६, जलविद्युत् १०४, जीवन बीमा १७०, उत्पादन १४१, माइक्रोफाइनान्स १३८, निर्जीवन बीमा १४४, अन्य ६६ र ब्यापार उपसमूह १०३ अंक बढेका छन्।

त्यस्तै, नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको मूल्य १० प्रतिशत, सीईडीबी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य करिब १० प्रतिशतले बढेको छ । १८२ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको भने घटेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...