Admission Open

ad place

कृषि विकास बैंकद्वारा पार्क बनाउन १५ लाख सहयोग

काठमाडौं : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ ।

बैंकले पार्कका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेको हो ।बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।

बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने र कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

अस्पतालले प्रशासनिक भवन पछाडिको खाली जमिनमा पार्क बनाउने जनाएको छ । बिरामी र कुरुवालाई लक्षित गरी पार्क बनाउन लागिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...