
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१४ फाल्गुन २०८१, बुधबार
काठमाडौं : लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गीतकार तथा संगीतकार उत्तम भण्डारीको शव्द संगीतमा तिम्लाई मैले फुल सम्झेको थिँए सार्वजनिक भएको छ । यसै गीतमार्फत नेपाली गीत संगीत क्षेत्रमा नव गायिका अनामिका बस्नेत गौतमले पहिलो पाईला टेकेकी छिन् ।
संगीतको खास्सै औपचारिक शिक्षा हासिल नगरेपनि गायिका गौतमको यो पहिलो प्रयास भने तारिफ योग्यनै छ । गाउँले दाई उत्तम भण्डारी र श्रीमान् बेजिन्द्र गौतमको साथ र हौसलाले उनलाई संगीत क्षेत्रमा अगाडि बढ्न सहयोग पुगेको छ ।
आगामि दिनमा संगीतका थप कक्षाहरु लिने र औपचारिक रुपमै संगीत अध्ययन गर्ने योजना बनाएकी गायिका गौतमका अन्य गीतहरु पनि रेकर्डिङको क्रममा छन् । हाललाई स्टुडियो भिडियो मार्फत बजारमा ल्याईएको गीतको अफिसियल भिडियो पनि छिट्टै बजारमा आउने गीतकार संगीतकार उत्तम भण्डारी बताउँछन् ।
सम्बन्धित खवर
टिप्पणिहरु