Admission Open

ad place

सुनचाँदीको मूल्य ओरालो लाग्नेक्रम जारी

[ छापावाला सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घट्यो ]

काठमाडौं : पछिल्लो समयमा सुनचाँदीको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ । साताको अन्तिम दिन शुक्रबार पनि छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । तोलामा ३ सय रुपैयाँ घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार तोकिएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दएको छ ।

बिहीबार छापावाला सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयामा कारोबार तोकिएको महासंघले जनाएको छ ।

बिहीबार तेजाबी सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

शुक्रबार तोलामा २५ रुपैयाँले घटेसँगै चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...