काठमाडौं : पछिल्लो समयमा काठमाडौं उपत्यकामा हैजाको बिरामी बढ्दो क्रममा रहेका छन् । सरकारले अहिलेसम्म उपत्यकामा १४ जनामा हैजा देखिएको जानकारी दिएको छ ।
गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरु उपचारपश्चात् घरफकिएको जानकारी दिएका हुन् ।
हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।
हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिएको उनले जानकरी दिएको छ ।