काठमाडौँ १४ असार : एमालेका पूर्वउपाध्यक्ष तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा राष्ट्रिय एकता पार्टी घोषणा सभामा बोल्दै कम्युनिष्ट आन्दोलन धरासयी बनेको बताए ।
रिपोटर्स क्लब काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै आफू नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरायसी बनेपछि कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउन नयाँ राजनीतिक दल खोल्नुपरेको बताए ।
आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धरासयी बनेको हेरेर बस्न नसक्ने भन्दै उनले गत स्थानीय तह निर्वाचनामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताए ।
उक्त सभामा बोल्दै अगाडि भने, गौतमले आज पार्टी शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ,’।
कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने अबको चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरे ।
गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका गौतमले यदी बहुतम ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसमा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताए ।
वामदेव गौतम संयोजक रहेको उक्त मा छन्। सचिवमा डिबी कार्की छन्। सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल लगायत छन्।