काठमाडौं : साताको पहिलो कारोबार दिन आज (सोमबार) सेयर बजारमा दोहोरो अंकले घटेको छ । आज बजार परिसूचक नेप्से १५ दशमलव ८२ अंकले घटेर दुई हजार ३२ दशमलव ३४ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज सबै उपसूचकमा पनि गिरावट आएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । आज सेन्सिटिभ इन्डेक्स २.३० अंकले घटेर ३८९.९५ अंकमा बन्द भएको छ ।
आज दुई सय ३० वटा कम्पनीको २९ लाख २० हजार कित्ता सेयर किनबेच हुँदा जम्मा ९९ करोड ८६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा बैंकको नौ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज बैंकिङ ११, विकास बैंक १६, फाइनान्स १७, होटल तथा पर्यटन ३५, जलविद्युत् ५, जीवन बीमा १४०, उत्पादन ५१, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा १०२, अन्य १ र ब्यापार उपसमूहको सूचक १५ अंकले घटेको छ । बलेफी हाइड्रोपावर र ग्रीन भेन्चरको मूल्य भने १० प्रतिशत बढेको छ । युनिलिभर तथा आँधीखोला लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । मानुसी लघुवित्तको मूल्य ५.४ प्रतिशत घटेको छ ।