नेपाली चलचित्र क्षेत्रका अब्बल छांयाकार सौरभ लामा को छांयाकन तथा निर्देशन रहेको छ। म्युजिक भिडियोमा अर्जुन जिसीको सम्पादन तथा रेनिश फागोको रंग संयोजन रहेको छ। नेपाली लोक पप शैलीमा बनेको यस गीतको भिडियोमा सहरको एउटा प्रतिष्ठित मोटर कम्पनीका जागिरेले गाउँमा रहेकी आफ्नी सानीलाई सम्झिंदै गायक को गीत भित्र हराउंदै परिकल्पना गरेको सुन्दर र हृदय स्पर्शी कथा समेटिएको छ। भिडियो ‘डश म्युजिक’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।