चितवन : चितवनको भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित हुने निश्चित भएको छ । दाहाल गठबन्धनतर्फकी उम्मेदवार हुन । माओवादी केन्द्रकी रेणु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित हुने भएकी हुन् ।
पछिल्लो मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदी भन्दा १२ हजार १४० मतान्तरले अगाडि भएपछि उनको विजय निश्चित भएको हो । दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ हजार ९७२ मत मात्र पाएका छन् ।
अन्तिम परीणाम आउन बाँकी रहँदै उनी निर्वाचित हुने निश्चित भएको हो । निर्वाचन अधिकृतको कार्यालयले सबै मतगणना भइसकेपछि नतिजा घोषणा गर्नेछ ।
उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित गरेका छन् । अधिकारीले ५१ हजार ९०३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।