काठमाडौं, ९ जेठ : २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउन अव थोरै स्थानहरु मात्र बाँकी रहँदा राजधानीको केन्द्रबिन्दु काठमाडौँ महानगरको नतिजा आउन अझै केही दिन लाग्ने भएको छ । काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेकोमा अझै ६२ हजार मत गन्न बाँकी रहेको छ ।
देशैभरिबाट अन्तिम नतिजा आउनेक्रम जारी रहेकै बेला काठमाडौं महानगरपालिकाको मत परिणाम पनि रोचक मोडमा पुगेको छ । काठमाडौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह ९बालेन०ले ४३ हजार ८५० मतसहित आफ्नो अग्रतालाई झनै फराकिलो बनाएका छन् ।
बालेनकी प्रतिष्पर्धी रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाएकी छन भने महानगरपालिकाको मेयरको दावेदार मानिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएर तेस्रो स्थानमा छन् ।