Admission Open

ad place

नेप्से फेरि २३ अंकले घट्यो, १ अर्ब ३० करोडको कारोबार

काठमाडौं : सेयर बजारमा उकालो ओरालो लाग्ने क्रम जारी छ । निर्वाचन पछिको पहिलो दिन मंगलबार करिब ८५ अंकले घटेको नेप्से हिजो बुधबार भने सामान्य बढेको थियो । आज फेरि २३ दशमलव ५१ अंकले घटेको छ ।

आज कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २३ दशमलव ५१ अंकले घटेर बन्द भएको हो । आज १ अर्ब ३० करोड रुपैयाँ बराबरको ३७ लाख ९८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

आज म्यूचुअल फण्ड समूह ० दशमलव ११ अंकले बढ्नु बाहेक अन्य समूहमा सुधार आउन सकेन । घटेकामध्ये जीवन बीमा कम्पनी समूहमा १७२ अंकले र निर्जीवन बीमा समूहमा १४३ अंकको गिरावट आएको छ ।

घटेकामध्ये जीवन बीमा कम्पनी समूहमा १७२ अंकले र निर्जीवन बीमा समूहमा १४३ अंकको गिरावट आएको छ । त्यसैगरी, विकास बैंक समूह ८३ अंक लघुवित्त समूह ५१ अंक, उत्पादनमूलक समूहमा ४४ अंक र व्यापार समूह २४ अंकले घटेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...