काठमाडौँ : यही वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि भोलि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।
मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारका लागि आज सोमबार र भोलि मंगलबार दुई दिन मात्रै बाँकी भएकाले चुनावी मैदानमा उत्रेका दल र उम्मेदवारहरुको दौडधुप अझै बढेको छ ।
त्यसैले भोलि वैशाख २७ गते १२ बजेदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाकाहरु पनि बन्द हुने भएका छन् । भोलि राति १२ बजेदेखि मतदान हुने दिन ३० गते शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखिनै मादक पदार्थ (जाँडरक्सी) को बिक्री वितरणमा पनि रोक लगाइएको छ ।