Admission Open

ad place

जोगिन्दरले ल्याए कमेडी, ‘काँग्रेसमा भोट किन ?’

काठमाडौंँ : आगामी ३० बैशाखको स्थानीय तह निर्वाचन नजिकिदै गर्दा बिभिन्न कलाकर्मीहरुले आफू नजिकका राजनीतिक दललाई सघाउने उदेश्यले गीतसंगीत तथा कमेडी सार्वजनिक गरिरहेका छन् ।

यस्तैमा चर्चित हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले पनि नेपाली काँग्रेसलाई चुनावमा सघाउने उदेश्यले ‘काँग्रेसलाई भोट किन ?’ हाँस्य ब्यङ्ग्य ल्याएका छन् । उनले सार्वजनिक गरेको ‘काँग्रेसमा भोट किन ?’ हाँस्य ब्यङ्ग्यमा रुखमा भोट हाल्न आग्रहदेखि काँग्रेसले पहिलेदेखि पछिल्लो समयसम्म गरेको कामको चर्चा समेत गरिएको छ ।

२७ मिनेट २३ सेकेन्डको हाँस्य ब्यङ्ग्य नेपाली काँग्रेस निकट नेपाल साँस्कृतिक संघको युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

नेपाल साँस्कृतिक संघका महामन्त्री समेत रहेका रिजालले ‘काँग्रेसमा भोट किन ? नेपाली काँग्रेसलाई चुनावमा सघाउने उदेश्यले बनाएको बताए ।

रिजाल पछिल्लो समय टेलिभिजनमा नयाँ कमेडी शो ‘जोगिन्दर मुखियाजी’ मार्फत चर्चामा छन् । उनले यस अगाडि निकै लोकप्रिय कमेडी शो ‘जोगिन्दर’ समेत चलाएका थिए ।

जोगिन्दर उपनामले परिचित रिजाल आफूलाई सबैले वास्तविक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने बताउँछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...