काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सिइओ नियुक्त गरेको हो ।
उनी यस अगाडि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९९१ मा नबिल बैंकबाट बैंकिङ यात्रा अगाडि बढाएका थिए ।