Admission Open

ad place

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, ७ चैत : दोस्रो चरणको राष्ट्रिय अभियान अन्तर्गत आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैछ ।  मंगलबारबाट सुरु भएको अभियान आज सकिँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...