Admission Open

ad place

लक्ष्मी लघुवित्तद्वारा तनहुँ र स्याङजामा शाखा विस्तार

काठमाडौं : लक्ष्मी लघुवित्तले थप २ वटा शाखा विस्तार गरेको छ । स्याङजाको गल्याङ र तनहुँको देउरालीमा आइतबार शाखा विस्तार गरिएको हो ।

वित्तीय संस्थाका अध्यक्ष जीवन प्रकाश थेवे र प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले शाखाको उद्घाटन गरेका हुन् । शाखा विस्तारले स्याङजा र तनहुँका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।

शाखा उद्घाटन कार्यक्रममा संस्थाका ग्राहक, सेवाग्राही, स्थानीय, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको सामान्य प्रशासन विभाग प्रमुख दिलीप शर्माले बताए । संस्थाका गतिविधि तथा सेवाहरुका बारेमा प्रमुख कार्यकारी अधिकृत शर्माले प्रकाश पारेका थिए भने आगामी योजनाका बारेमा अध्यक्ष थेवेले धारणा राखेका थिए ।

संस्थाले हालसम्म करिब एक लाख सदस्यहरुबाट ७ अर्ब ५० करोड लगानी उठाउन सफल बाँकी छ भने बचत रकम २ अर्ब ५० करोड रुपैयाँ रहेको जनाइएको छ । संस्थाले सातै प्रदेशमा ५६ जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल भएको छ ।

टिप्पणिहरु
Loading...