काठमाडौँ : गायिका मिलन नेवार र गायक प्रकाश सिंहको स्वर रहेको ‘यूके लन्डन’मा बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। मकाउमा रहेका गायक सिंहले नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएको गीतका शब्द सिर्जना राजु आर डीका हुन्।गायक स्वयमकै संगीत रहेको गीतको भिडिओमा चर्चित मोडल गीता ढुंगाना र अभिषेक श्रेष्ठको अभिनय रहेको छ।
पहिलो भेटमा नजर जुधाएर ख्याल ठट्टामा नै प्रेममा परेको कुरालाई पछिल्लो समयका व्यस्त अनि चर्चित निर्देशक विक्रम चौहानले कलात्मक शैलीमा भिडिओमा देखाएका छन्।लक्ष्मण चौहानको सम्पादन रहेको भिडिओमा प्रकाश खड्काको छायांकन रहेको छ। गायक सिंहले यसअघि नै आधा दर्जन भिडिओ बजारमा ल्याइसकेका छन्।