Admission Open

ad place

जापानका रमणीय स्थानहरुमा छायांकन गरिएको ‘है माया’को भिडियो

काठमाडौँ : नयाँ वर्षको अवसर पारेर  गायक मन राज प्ल्हेमे गुरुङले ‘है माया’  बोलको म्यूजिक भिडियो बजारमा ल्याएका छन् ।  गायक मन राजकै शब्द तथा संगीतमा तयार पारिएको गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन् ।

जापनाको टोकियोका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा चर्चित टिकटक स्टार रबिन श्रेष्ठ र रमिला श्रेष्ठको मुख्य भूमिका रहेको भिडियोमा अध्ययनका लागि जापान पुगेका एक जोडी दिक्षान्त समारोह पश्चात  लामो समयपछि भेट्ने क्रममा एकोहोरो मायामा रुमलिएको प्रेम कथालाई देखाउन खोजीएको छ ।

रबिन   र रमिलाका अलावा योकृस सुवेदी, राम खत्री लक्की, अमृता श्रेष्ठ, दिव्या तामागं, सुरज मोक्तान र पारु लामाको पनि अभिनय रहेको भिडियोको छायांकन जापनाको टोकियोका रमणीय स्थानहरुमा गरिएको हो ।

जन्मथलो छाडेर जापानलाई कर्मथलो बनाइ रहेको केही नेपाली संगीतप्रेमी युवाहरुले संचालनमा ल्याएको च्यानक हो आरपिएन एचडीबाट रिलिज गरिएको छ । जापानमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा सक्रियता देखाउँदै आएको उक्त समुहले फेरी अर्को नयाँ गीत हे मैया बजारमा ल्याएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ । यस अघि सोही समुहले चोखो मायामा, उस्को याद, चौतारीका बर पिपल जस्ता गाीतहरु दर्शकमाझ ल्याएको थियो । जुन खुबै रुचाइएका थिए ।

टिप्पणिहरु
Loading...