काठमाडौँ : नियात्राकार पवन आलोकको अर्को नियात्राकृति ‘पहाड र लमतन्न समुद्र’ लोकार्पण भएको छ ।
बुधबार काठमाडौंमा नियात्रा समाज नेपालले आयोजना गरेको कार्यक्रममा उपस्थित सबै स्रष्टा तथा पाहुनाले पवनको कृति संयुक्त रूपमा लोकार्पण गरे ।
कार्यक्रममा साझा प्रकाशनका महाप्रबन्धक तथा कवि प्रह्लाद पोखरेलले साझा बाहिरबाट जति जर्जर देखिएको छ, त्योभन्दा बढी नै जर्जर भएको बताउँदै यो स्रष्टाहरूको संस्था भएकोले यसको पुनरूत्थानमा सबै मिलेर लाग्नुपर्ने बताए ।
उनले यस कृतिको प्रकाशनले साझा ब्युँतिन लागेको संकेत गरेको भन्दै साझाले अब चर्चित साहित्यिक पत्रिका ‘गरिमा’को प्रकाशन पनि थाल्ने उल्लेख गरे ।
पोखरेलले साझामा नयाँ लेखकहरू पनि जोडिनुपर्नेमा जोड दिए ।