Admission Open

ad place

फुटवयर विजनेस एक्स्पो वैशाख १५ देखि भृकुटीमण्डपमा

काठमाडौं : फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेदेखि फुटवयर विजनेस एक्स्पो हुने भएको छ । काठमाडौंको भृकुटी मण्डपमा हुने एक्स्पो जेठ ८ गतेसम्म चल्ने मेला संयोजक सुरज बञ्जाडेले जानकारी दिए ।

एक्स्पोमा स्वदेशी २० कम्पनीका ६० वटा स्टल रहनेछन् । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्ने ग्राहकहरुको उपस्थिति बाक्लो रहने आयोजकको विश्वास छ । ‘प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण रहनेछ,’ उनले भने ।

प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री हुनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...