काठमाडौं : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ बैशाख २ गतेदेखि आउने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले जारी गर्ने कुल आइपिओमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । भने, बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता आइपिओमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
यस आइपिओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यो आइपिओमा छिटोमा २०७९ बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।