नवलपरासी : नाबालिग गायिकामाथि बलात्कार अभियोग लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत पूर्वी नवलपरासीले आदेश दिएको छ।
मुद्दा किनारा लगाउने समयसम्मका लागि थुनामै राखेर अनुसन्धान जारी राख्न अदालतले बुधबार आदेश दिएको हो।
न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। शाहलाई बुधबार बेलुकी तनहुँतर्फ पठाइएको छ। शाहलाई वैशाख ७ मा पूर्वीनवलपरासीस्थित अदालत हाजिर हुन पनि भनिएको छ।
शाहमाथि तनहुँ र पूर्वीनवलपरासीमा मुद्दा परेको थियो।